प्रदेश ४समाचारस्वास्थ्य

पोखराका १०जनामा तनहुँ ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Nepal Akhabar

नेपाल अखबार, पोखरा पोखरामा आइतबार बिहान १० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरामा आइतबार बिहान ६ : ३० बजे ५ जना र ९ :३० बजे ५ जना गरि १० जनामा कोरोना पुष्टि भएको जनाएको हो । निर्देशनालयका अनुसार महानगरका ६  वटा वडाका ४  महिला र ६ पुरुषमा कोरोना देखिएको हो ।
निर्देशनालयले बिहान ६ : ३० मा  ५ नं. वार्ड की ३३ वर्षीया महिला तथा वडा नं. १६ का २२ र ५० वर्षीया २ महिला एवं २२ र ३० बर्षीय २ पुरुषमा कोरोना भाइरस देखिएको जनाएको हो । त्यसैगरी ९ :३० बजे पोखरा -८ का ५१ र ५२ वर्षका २ पुरुष, पोखरा २६ र २८ का १ -१  पुरुष र पोखरा ३२ की  ८६ वर्षीया वृद्ध महिलामा कोरोना देखिएको हो  ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँ भानु – १  का २ पुरुष तथा २ महिलामा पनि कोरोना पुष्टि भएको छ । बिहानै ६ : ३० मा तनहुँ भानु – ४ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । संक्रमितलाई अहिले आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय १८ पुगेको छ ।
 

the authoradmin

Leave a Reply