आफ्नै पेटमा गोली हानेका प्रहरी गम्भीर घाइते

नेपाल अखबार, सिन्धुली ।  जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।

महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए ।

उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिए ।

“रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”,  प्रहरी उपरीक्षक सिग्देलल भने ।

गोली हान्नुको कारण  खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: