समाचारस्वास्थ्य

पोखरा १६ का ८७ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु

Nepal Akhabar

नेपाल अखबार, पोखरा । पोखरामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।
कोरोना पुष्टि भएका पोखरा महानगर वडा नं १६ का ८७ वर्षिय वृद्धको आज मृत्यु भएको हो । विभिन्न रोगबाट ग्रसित रहेका उनी सोमवार स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका लागि भर्ना भएकोमा मंगलवार विहान १०ः३० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिष्ठानको निर्देशक डा. अर्जुन आचार्यका अनुसार उनी किडनी, डाइवेटिज लगाएतका रोगबाट ग्रसित रहेका थिए ।
मंगलवार मात्रै तनहुँकी एक महिलाको पोखराको  सेवा हस्पिटलमा मृत्यु भएको थियो । उनमा पनि कोरोना पुष्टि भएको थियो ।

 

the authoradmin

Leave a Reply