समाचारस्वास्थ्य

उपत्यकामा १५९ सहित देशभर ६८१ जनामा संक्रमण पुष्टि

Nepal Akhabar

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप  १५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जना  रहेका छन् ।
यस्तै देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या १२० पुगेको छ ।

the authoradmin

Leave a Reply