बढ्दो सूचना प्रविधिसँग हुलाक सेवाले प्रतिस्पर्धा गर्न नसकेन

इरफान अली, वीरगंज।जिल्ला हुलाक कार्यालय पर्साका सेवाहरू दिन प्रतिदिन सुक्दै गइरहेको छ । हुलाक कार्यालयमा कार्यरत ३३० जना कर्मचारी काम विहीन समेत भएका छन् । बढ्दो सूचना प्रविधिसँग हुलाक सेवाले प्रतिस्पर्धा गर्न नसकेको कारण यसले प्रदान गर्ने सेवाहरू सुक्दै गएको पाईएको छ ।

हुलाक कार्यालयबाट प्रदान गरिने चिठीपत्र, डाँकसेवा र वैदेशिक तथा दु्रत सेवाहरू अहिले नामको लागि मात्र सञ्चालित छन् । विगत केही वर्षदेखि हुलाक कार्यालय सरकारी चिठीपत्रको भरमा मात्रै चलिरहेको पाईएको छ ।

आधुनिक सूचना प्रविधिले इन्टरनेट सेवामार्फत सबै खाले सूचनाहरू इमेल, फेसबूक, म्यासेन्जर, वाट्सएप, लगायतका समाजिक सञ्जाल जस्ता एपहरूबाट प्राप्त गर्नेक्रम बढेपछि हुलाकबाट आउने चिठीपत्र पातलिएकोे छ ।

जिल्ला हुलाक कार्यालय पर्साका कार्यालय प्रमुख चन्द्रदेव दास चिठीपत्रहरू स्वात्तै कम भएको बताउँछन् । उनको अनुसार अहिले सरकारी कागजपत्र र बैंकिङ सेवाका केही कागजपत्रहरू बाहेक व्यक्तिगत चिठीपत्रहरू आउनै छाडेको बताए । आधुनिक सूचना प्रविधिले सबै खाले सूचनाहरू इन्टरनेट सेवा मार्पmत् प्राप्त भइरहेको र केही बाँकी चिठीपत्रमा निजी कुरियर सेवाको पहँुच भएकोले हुलाक सेवा चिठीपत्रको लागि कमजोर बन्दै गएको बताउनु भएको छ ।

वीरगंजमा आउने चिठीपत्रहरू वितरणका लागि जिल्लाभरि १४ वटा इलाका र ६८ वटा अतिरिक्त हुलाक कार्यालयहरू छन् । तर वीरगंजमैं कम्तीमा तीन दिन लागेर आउने र वीरगंजबाट सर्टिङ गरेर जिल्लाभर पठाएर त्यहाँबाट सम्बन्धित व्यक्तिहरूसम्म पु¥याउन एक साता लाग्ने गरेको छ । अहिले सेकेन्डमा समाचारहरू पुग्ने प्रविधिहरू सक्रिय भएको बेला हुलाकको साताव्यापी कार्यक्रममा सहभागिता नबढेको हो ।

हुलाक टिकटको बिक्री पनि अहिले घटेको छ । जिल्ला हुलाकका प्रमुख दासले अहिले दैनिक ५० हजार रुपैयाँको पनि हुलाक टिकट बिक्री नभइरहेको बताए । उनले एक लाख टिकट बिक्री हुने गरेकोमा अहिले पचास प्रतिशतमा घटेको बताए ।

अदालती तथा बैंकिङ कारोबारका कागजपत्रहरू बाहेक हुलाकबाट अन्य कुनै चिठीपत्र आउनेक्रम रोकिएको छ । यही कारण हो जिल्ला, इलाका र अतिरिक्त हुलाक कार्यालयमा कार्यरत ३३० जना कर्मचारी कामविहीन भएका छन् । पर्सा जिल्ला हुलाकमा स्थायी ५४, करार २६ र अतिरिक्तमा २५० जना कर्मचारी कार्य गरिरहेका छन् । साबिकको ८२ गाविसलाई लक्षित गरेर स्थापना गरिएको ८२ अतिरिक्त हुलाक कार्यालय अहिले ६८ मा सीमित भएको छ ।

स्थानीय तह गठनपछि १४ अतिरिक्त हुलाक सक्रिय पारिएको छ । तर जिल्लामा चिठीपत्र नआइरहेको अवस्थामा जिल्लाभरि रहेका इलाका र अतिरिक्त हुलाकको अवस्था कस्तो होला सहज अनुमान लगाउन सकिन्छ ।।

बैंकिङ सेवा मात्र प्रभावकारी

जिल्ला हुलाक पर्सामा सञ्चालित बैंकिङ सेवा मात्र प्रभावकारी देखिएको छ । हुलाक कर्मचारीबाहेकले पनि बचत गर्न सक्ने तर ऋण भने कर्मचारीबाहेकले लिन नपाउने प्रावधानले यो सेवा अहिलेसम्म प्रभावकारी रहेको प्रमुख दासको भनाइ छ । बचतमा जम्मा गर्नेहरूले ६ प्रतिशत ब्याज पाउँछन् भने ऋण लिनेले ८ प्रतिशत मात्र ब्याज तिर्नुपर्ने हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: