धनुषाधामबाट कटुवा पेस्तोल बरामद

नेपाल अखबार, काठमाडौं । धनुषामा प्रहरीले बुधबार एउटा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको छ ।

धनुषाधाम नगरपालिका-८ मुलाबारीबाट धनुषाधामतर्फ जाने सडकबाट पेस्तोल र गोली बरामद गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले पेस्तोल र गोली बरामद गरेको हो । बरामद हतियार कसको हो भन्ने खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: