३ थान बाघको छाला सहित २ जना पक्राउ

नेपाल अखबार, ललितपुर ।  महानगरीय प्रहरी परिसर, ललितपुरबाट खटिएको प्रहरी टोलीले  बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ ।

लगनखेलस्थित  बसपार्कबाट बाघको छाला ३ थान सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा  ओखलढुङ्गा खिजिदेम्बा ५ घर भई काठमाण्डौ आरुवारी बस्ने दिपेन्द्र तामाङ र झापा बारदसी गाँउपालिका १ घर भई हाल काठमाण्डौ कपन बस्ने रोशन कामी रहेका छन् ।

विशेष सूचनाको आधारमा परिचालित प्रहरी टोलीले  बाघको छाला बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: