समाचारस्वास्थ्य

पछिल्लो २४ घण्टामा फेला परे ८९९ जना संक्रमित

Nepal Akhabar

नेपाल अखबार, पाेखरा।   नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ९९ जना कोरोना संक्रमित फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभर महिला ३०३ र पुरुष ५९६ गरी उक्त संख्यामा नयाँ संक्रमित फेला परेका हुन्। ३९ हजार ४ सय ६० जना संक्रमित रहेका छन्।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए। १७ हजार ८ सय २२ जना देशभर सक्रिय संक्रमित रहेको उनले बताए। होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन्।

११ हजार १ सय २९ पीसीआर परीक्षण भएको छ। ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा र संक्रमणमुक्त हुने २१ हजार ४ सय १० जना रहेका छन्।
the authoradmin

Leave a Reply