विदेशसमाचार

पूर्वराजदूत रिचर्डको भेटियो

Nepal Akhabar

नेपाल अखबार, एजेन्सि। नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव चार महिनापछि फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०ः३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए ।
ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जंगलमा सोमबार शव फेला पारेको हो ।
मृतक मोरिसको पहिचान औपचारिकरूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बीबीसीले जनाएको छ ।
यसअघि इष्ट ह्याम्पसायर प्रहरी कार्यलयले तीन पटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो । अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरेको छ, जुन तस्वीर नेपालमा खिचिएको थियो ।
रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए । यहाँको परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको बताएको थियो ।
उनका तीन सन्तान र एक श्रीमती छन् ।

the authoradmin

Leave a Reply