चार दिनदेखि एक यात्रु त्रिभुवन विमानस्थलमा अलपत्र

नेपाल अखबार, काठमाडौं । हङकङबाट नेपाल आएका नेपाली मूलका एक बेलायती नागरिक त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् । अध्यागमनले नेपाल प्रवेश गर्न अनुमति नदिएपछि उनी विमानस्थलकै डिपोर्ट कक्षमा अलपत्र परेका हुन् ।

त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयले उनी विदेशी नागरिक भएको र विदेशी नागरिकलाई प्रवेशको अनुमति नभएकाले रोकिएको तर्क गरेको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वराज पौडेलले विदेशी नागरिकलाई नल्याउन भन्दा भन्दै अटेरी गरेर ल्याइएकाले अनुमति नदिएको बताए ।

अलपत्र परेका बेलायती नागरिक नेपाल एयरलाइन्सको विमान भएर काठमाडौं आएका थिए । महानिर्देशक पौडेलले ती व्यक्तिको सबै जिम्मा एयरलाइन्सले नै लिएको बताए ।

नेपाल एयरलाइन्सले भने उनीसँग हङकङको काउन्सिलरले दिएको भिसा अनुमति भएकाले नेपाल ल्याएको बताएको छ । एयरलाइन्सका उपमाहाप्रवन्धक गणेबहादुर चन्द हङकङको काउन्सिलरको दिएको भिसाका आधारमा ३ जना नेपाली मूलका ३ जना नेपालीलाई ल्याइएको बताए । तर, अध्यागमले दुई जनालाई प्रवशेको अनुमति दिएपनि एक जनालाई नदिएर अलपत्र पारेको बताए ।

‘उहाँलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मा अध्यागमनकै हुन्छ, हामीले विना आधार उहाँलाई ल्याएका हैनौं,’ उनले भने,’उहाँलाई के गर्ने भन्ने अध्यागमनले लै निर्णय गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: