प्रशासनसमाचार

अठार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खत्री पक्राउ

Nepal Akhabar
नेपाल अखबार, पाेखरा।  पोखरामा एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गणेश खत्रीलाई पक्राउ गरेको छ ।
अठार वर्षीया बालिकालाई जंगलको एकान्त बाटोमा एक्लै हिडिरहेको अबस्थामा डर र धाकधम्की देखाई  जवरजस्ती करणी गर्ने पोखरा – २० भलामका ३५ वर्षीय गणेश खत्री पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।
डिएसपी हमालका अनुसार पेशाले ट्याक्सी ड्राइभर रहेका खत्रीलाई शनिबार बिहान ८ :४५ बजे जंगलको एकान्त बाटोमा जवरजस्ती करणी गरेको आरोपमा शनिबार पोखरा – २० भलामबाटै पक्राउ  पक्राउ गरिएको हो ।
खत्रीलाई पक्राउ गरी जबरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तरगत  अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

the authoradmin

Leave a Reply