समाचारस्वास्थ्य

पोखरामा थप १ जना कोरोना संक्रमितको मृत्यु

Nepal Akhabar

नेपाल अखबार, पोखरा । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत बृद्धाको मंगलबार दिउँसो निधन भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।
पोखरा १० की  ती मृतक बृद्धा बिरामी परेपछि मेडिप्लस अस्पतालमा उपचारको लागि पुगेकी थिइन् । उपचारको क्रममा कोरोना संक्रमणको आशंका भएपछि उनको स्वाब जाँचको लागि पठाइएको थियो । कोरोना पोजेटिभ आएपछि उनलाई सोमबार मात्रै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि लगिएको थियो ।
कोरोना संक्रमणबाट गण्डकीमा हालसम्म २० जनाले ज्यान गुमाएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गुमाउने उनी नवौं महिला हुन् ।

the authoradmin

Leave a Reply