अमेरिकामा मृतकको आँकडा ४००० पार

नेपाल अखबार, एजेन्सि। जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या चार हजार पार गरेको छ । अहिलेसम्म अमेरिकामा ४ हजार ५४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा यतिबेला संसारका सबैभन्दा धेरै व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित छन् । यहाँ कूल १ लाख ८८ हजार ५ सय ७८ जना व्यक्ति संक्रमित छन् जसमध्ये ४ हजार ५ सय ७६ जनाको स्थिती गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: