अमेरिकी विमानवाहक जहाजका कप्तानको गुहारः जहाजीहरुलाई मर्नबाट बचाउनुस्

नेपाल अखबार, एजेन्सि। अमेरिकी नौसेनाको एक विमानवाहक जहाजका चालक दलका सदस्य कोरोना संक्रमित हुन थालेपछि त्यसका कप्तानले तत्काल निर्णायक कदम चाल्न नौसैनिक नेतृत्वसँग गुहार लगाएका छन्।

यूएसए थियोडर रुजबेल्ट नामक सो विमानवाहक जहाजमा हालसम्म ७० जनाभन्दा बढी संक्रमित भइसकेका छन्।

‘हामी अहिले युद्धमा छैनौँ। जहाजीहरु मर्न जरुरी छैन। हामीले तत्काल कदम चालेनौँ भने जहाजीहरुको रक्षा गर्न हामी असफल हुनेछौँ,’ क्याप्टेन ब्रेट क्रोजियरले नौसेनाको प्यासिफिक फ्लिटलाई पठाएको चार पृष्ठ लामो पत्रमा लेखेका छन्।

उनले जहाजमा भाइरस लगातार फैलिरहेको बताएका छन्। उनले जहाजका धेरैजसोलाई त्यहाँबाट हटाएर दुई साता आइसोलेसनमा राख्न सिफारिस गरेका छन्।

‘यो जहाजमा ४ हजारभन्दा बढीलाई राखिरहनु अनावश्यक जोखिम लिनु हो, त्यसले जहाजीहरुको हामीप्रतिको विश्वास तोड्छ,’ उनले लेखेका छन्।

यद्यपि सो जहाजमा कति मान्छे छन्, नौसेनाले बताएको छैन।

सो जहाज हाल गुआमको बन्दरगाहमा छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: