समाचारस्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

Nepal Akhabar

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेका छन्।
मृत्यु हुनेमा मोरङमा २, काठमाडाैँ, ललितपुर, कपिलवस्तु र सप्तरीका १÷१ जना रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ। यो कूल संक्रमितमध्यको ०.६५ प्रतिशत हो।

the authoradmin

Leave a Reply