प्रदेश ४समाचारस्वास्थ्य

नेपाल आर्मी र प्रहरी सहित बागलुङमा ३६ कोरोना संक्रमित थपिए

Nepal Akhabar

नेपाल अखबार,बागलुङ । बागलुङमा आइतबार बिहान एकैपटक ३६ कोरोना संक्रमित थपिएका छन् । बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा नेपाल आर्मीमा कार्यरत ३० जना , नेपाल प्रहरीमा कार्यरत २ जना, इजलासमा कार्यरत २ जना र एक थुनुवा गरी ३६ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालाय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा नेपाल आर्मीमा कार्यरत २१- २१, २२, २३, २४-२४ वर्षका ४ जना, २५, २६ -२६ वर्षका ३ जना, २७ , २८, ३०- ३०, ३१, ३३ -३३, ३४-३४ वर्षका ४ जना, ३५-३५ वर्षका ३ जना, ४१, र ५१ वर्षका २९ पुरुष तथा १९ वर्षीया महिला , नेपाल प्रहरी कार्यरत ३० र ३६ वर्षीय पुरुष, एक ३६ वर्षीय थुनुवा पुरुष, इजलासमा कार्यरत ३१ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला रहेका छन् ।
यस सँगै बागलुङमा कोरोना संक्रमितको संख्या ५ सय २२ पुगेको छ । बागलुङमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ सय ८८ रहेको छ । जिल्लामा १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।
बागलुङमा कोरोनाबाट हालसम्म १ जनाले ज्यान गुमाएका छन् ।

the authoradmin

Leave a Reply