प्रशासनसमाचार

वडा अध्यक्षको मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

Nepal Akhabar

नेपालअखबार, रौतहट । तीनदिन अघि चोरी भएएको रौतहटको कटहरिया नगरपालिकाका एकजना वडा अध्यक्षको मोटरसाइकलसहित दुईजना चोर पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय कटहरियाको संयुक्त प्रयासमा उनीहरु पक्राउ परेका हुन्।
कटहरिया ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता चन्दन कुश्वाहाको गत २३ गते चोरी भएको प्रदेश ०३–००२–प ०१५५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कटहरिया–३ बडेरवा गाउँका वीरेन्द्र साह सोनारको छोरा १८ का जलन्धर साह सोनार र गरुडा नगरपालिका–५ गरुडा गाउँका जुगल साह कानुको छोरा २० का सन्तोष साह कानु रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रवि रावलले बताएका छन ।
उनीहरुमाथि चोरी सम्बन्धि मुद्दा दर्ता गरि थप अनुसन्धानको लागि जिल्ला अदालत गौरबाट ६ दिनको म्याद थमाएको डिएसपी रावलले जानकारी दिए । विशेष सूचनाको आधारमा चोरीका आरोपी पक्राउ परेपछि उनकै बयानको आधारमा सर्लाहीबाट मोटरसाइकल बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।
उता, ईलाका प्रहरी कार्यालय गरुडाले प्रहरीद्वारा सवारी चेकजाँचको क्रममा गौर चन्द्रपुर सडकखण्डमा उक्त मोटरसाइकल सहित दुबैजना पक्राउ परेको सार्वजनिक गरेको छ ।
वडा अध्यक्ष चन्दन कुश्वाहाको मोटरसाइकल चोरी भएसँगै कटहरिया बजारका मोटरसाइकल ग्यारेज सञ्चालक विकास साहको चोरी भएको भारतीय नम्बरको मोटरसाइकल भने हालसम्म बरामद हुनसकेको छैन ।
ईलाका प्रहरी कार्यालय गरुडाले साहको मोटरसाइकलबारे अनुसन्धान भैरहेको जनाएको छ ।

the authoradmin

Leave a Reply