समाचारस्वास्थ्य

गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि

Nepal Akhabar

नेपाल अखबार, गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिकामा पोहिलो चोटि चार जनामा कोरोना पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बुधबार गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भेषराज खनालले जानकारी दिए ।
संक्रमित हुनेहरुमा एक महिला र तीजना पुरुष रहेका छन्। उनीहरु चारै जना भीमसेन थापा गाउँपालिकाका बिभिन्न क्वारेन्टिनका बस्दै आएका थिए।
उनीहरु मध्य एक जना २८ वर्षकी महिला चितवनको भरतपुरबाट आएको र अरु तीन जना भारतबाट आएका हुन्। कोरोना संक्रमण पुष्टि भएका ४ जना मसेल, वगुवा र अश्राङका वासिन्दा रहेका छन्।
एक महिला र एक पुरुष अश्राङका, मसेल र वगुवा घर भएका एक-एक जनामा संक्रमण देखिएको भिमसेन थापा गाउँपालिकाले जनाएको छ।
संक्रमित अश्राङका पुरुष होम क्वारेन्टाइनमा छन,भने अरु कनकामना आधारभुत विद्यालय मसेल,एकिकृत मिलनवस्ती वगुवा र चण्डेश्वरी प्रावि अश्राङको मास क्वारेन्टाइनमा छन् ।
योसँगै गोरखामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ। यसअघि गण्डकी गाउँपालिकाका ९ र पालुङ्टार नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको थियो।

Leave a Reply