समाचारसमाज

पोखरामा सुकुम्बासीलाई प्रलोभनमा पार्दै ठगी

Nepal Akhabar

नेपालअखबार, पाेखरा। पोखरामा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ठग्ने गिरोह सक्रिय भएको पाइएको छ । अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगका नाममा पोखरामा सुकुम्बासीहरुलाई जग्गा दिने प्रलोभन देखाउने गिरोह सक्रिय भएको पाइएको हो ।
यस्तो गिरोहका पाँच जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली कार्य समितिका प्रमुख कार्यकारी भनिएका हिराबहादुर तामाङ लगायत गिरोहका पाँच जनालाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
नक्कली सुकुम्बासी समस्या समााधान आयोग गण्डकी प्रदेश समितिको प्रमुख कार्यकारी बताउने हिराबहादुर तामाङलाई पक्राउ गरिएको उनले बताए । गिरोहका अन्य व्यक्तिलाई सोमबार दिउसोसम्म पक्राउ गरेर पत्रकार भेटघाट गर्ने उनले बताए ।
गिरोहले आयोगको बन्दै नबनेको र संरचनामै नरहेको प्रदेश समितिको नाममा स्थानीय सुकुम्बासीलाई सहयोग गर्न अपिल गर्दै पत्र मार्फत आग्रह समेत गरिएको पाइएको छ ।
पत्रमा पोखरा महानगरपालिकाको वडा नम्बर १४ भोटे चौतारामा रहेको ३०० रोपनी जग्गा कास्कीबाट आएको निवेदनका आधारमा १६० घरपरिवार व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । उक्त पत्रमा २५ असोज भित्र आर्थिक, नैतिक र भौतिक सहयोग गर्न आग्रह गरेको छ ।
केन्द्रमा आयोगको नाम ‘भूमि सम्बन्धि समस्या समाधान आयोग’ रहेपनि नक्कली पत्रको लेटर हेडमा अव्यबस्थित सकुम बासी समस्या समाधान आयोग काठमाडौं, स्थापित २०६८’ रहेको छ ।
नक्कली प्रदेश कार्यसमितिको कार्यकारी प्रमुखमा हिराबहादुर तामाङ, सदस्यहरुमा रमेश परियार, सिता सुनार, देवकुमार श्रेष्ठ, हर्कबहादुर विक, विमला रोका, रिती विश्वकर्मा, सोनु परियार र मौसम सदासंकर रहेका छन् ।
उनीहरुले स्थानीय सुकुम्बासीलाई प्रतिपरिवार ७ हजारका दरले माग गरेको समेत स्रोतले बताएको छ । तर उक्त रकम बुझे नबुझेको बारेमा भने अन्योल रहेको स्रोतले बतायो । ‘प्रमुख जिल्ला अधिकारी समेत आउने र सेटिङ पनि मिलाउनुपर्ने भन्दै प्रतिपरिवार ७ हजारका दरले मागेको भन्ने आएको छ’ कति पैसा ठगेका छन् त्यो अनुसन्धान गर्नुपर्ने हुन्छ’
यसैबीच भूमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीलेलाई समितिको विषयमा जिज्ञासा राख्दा आयोगमा प्रदेश संरचना नै नरहेको जानकारी दिएका छन् । गण्डकी प्रदेशबाट आयोग सदस्यमा एक बहादुर रानालाई समितिमा न्युक्त गरिएको उनले बताए ।
गण्डकी प्रदेशको पोखरामा नक्कली संरचना खडा गरेर ठग्ने र आयोगको बदनाम गर्न खोजेको थाहा पाएरै प्रशासनलाई गुहारिएको उनले खुलाए । ‘हाम्रो संरचनामै प्रदेश समिति छैन । प्रदेशको प्रतिनिधित्व हुन्छ । गण्डकी प्रदेशबाट एकबहादुर रानालाई न्युक्त गरिएको हो । कृते गर्दै नक्कली समिति बनाइएको भन्ने मैले पनि थाहा पाएँ । प्रशासनमा उजुरी गरेर कारबाहीको दायरामा ल्याउन भनेको छु’ उनले भने ।
भूमि सम्बन्धि समस्या समाधान आयोगका सदस्य प्रवक्ता एवं भिम कार्कीले पोखरामा सुकुम्बासीको नाममा ठूलै आर्थिक ठगि भइरहेको भौखिक उजुरी आएको बताए । आफूहरु त्यसको प्रमाण संकलन गर्न लागिपरेको उनले बताएका छन् ।
उनका अनुसार पोखरा महानगरको वडा नम्बर १को शान्ति टोलमा सुकुम्बासी समस्या समाधान गर्ने बहानामा पैसा उठाइएको जानकारी आएको छ । त्यसैगरी वडा नम्बर २९को पटनेरीमा समेत पैसा उठाएको उजुरी परेको छ ।

the authoradmin

Leave a Reply