प्रदेश ४राजनीतिसमाचारहाइलाइट-समाचार

जनयुद्ध दिवशमा अरुलाई सम्झदा नारायणकाजीले किन छुटाए बाबुरामलाई ?

Nepal Akhabar

गोरखा । बिहिबार नेपाल कम्युनिष्ट पार्टी नेकपा गोरखाले २५ औं जनयुद्ध दिवश मनाएको छ ।

दिवशका अवसरमा पार्टी कार्यालय पाटेचौरमा भएको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी थिए, प्रवक्ता नारायणकाजी श्रेष्ठ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले जनयुद्धबाट शान्ति प्रकृयासम्म आउँदाका पार्टीबाट अलग्गिएका सबै नेतालाई सम्झिए । उनले नेताहरुलाई सम्झदै नाम मात्रै लिएनन, नेकपामा फर्किन आग्रह समेत गरे ।

पार्टी फुटाएर गएका सबै नेताका नाम लिदा श्रेष्ठले पूर्व सहकर्मी समेत रहेका बाबुराम भट्टराईलाई भने छुटाए ।

‘अहिले कम्युनिष्ट एकताको खाँचो छ, हिजो पार्टी छोडेर जानुहुने कमरेड किरण, बिप्लव, मोहनबिक्रम, सिपी गजुरेल लगायतका नेताहरु अब बिना पूर्वाग्रह नेकपा फर्किनुस’ नेता श्रेष्ठले भने ‘कम्युनिष्ट आन्दोलन संस्थागत गर्ने बेला आएको छ, प्राप्त उपलब्धी रक्षा गर्नुछ, तपाईहरु पनि यो अभियानमा आउन जरुरी छ ।’

२०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा फरक–फरक दलबाट चुनावी मैदानमा उत्रेका श्रेष्ठलाई झण्डै ७ हजार मतान्तरले भट्टराईले चुनाव हराएका थिए ।

उनीहरु दुबै लामो समय तत्कालिन नेकपा माओवादीमा उपाध्यक्ष समेत थिए । त्यतिबेला समेत जिल्लामा हुने औपचारिक कार्यक्रममा प्रमुख अथिती को हुने भन्ने हानथाप र विवाद हुने गरेको चर्चा बजारसम्म आउथ्यो ।

मोहन वैद्य, बिप्लव, सिपी गजुरेलसँगै जनयुद्धको नेतृत्व सम्हालेका भट्टराईको नाम समेत उच्चारण नगर्नुले हालसम्म पनि उनिहरुको सम्बन्धमा सुधार नआएको कतिपयको आकंलन छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले शहिदको सपना पूरा गर्न पार्टी प्रतिवद्ध रहेको बताए ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनकै लागि पार्टी एकता गरिएको स्पष्ट पार्दै उनले नयाँ संविधानको कार्यान्वयनका लागि पनि एक्लै हिडेर सम्भव नरहेको बताए । पार्टीका जिल्ला अध्यक्ष लेखबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य कृष्ण धिताल लगायतले बोलेका थिए ।

त्यस्तै २५ औं जनयुद्ध दिवशकै अवसरमा नेकपा निकट राष्ट्रिय युवा संघ नेपालले गोरखा बजार क्षेत्रको सरसफाई गरेको छ ।

the authoradmin

Leave a Reply