प्रदेश ४विदेशसमाचारहाइलाइट-समाचार

नेपाल मेराे दाेस्राे देश : कतारी राजदुत (भिडियाे सहित)

Nepal Akhabar

गाेरखा । नेपालका लागि कतारका राजदुत युसूव विन मोहम्मद अल हैल नेपालमा लगानी गर्दा आत्मसन्तुष्टी मिलेको बताएका छन् ।

गोरखा नगरपालिका, कतार रेडकृसेन्ट र युएनडिपीको संयुक्त लगानीमा वडा नम्बर २, ४ र ६ मा बिभिन्न योजनाकाे उद्घाटन गर्न गोरखा आएका उनले कतारको विकासका लागि नेपालीहरुको योगदान महत्वपूर्ण रहेको बताउदै उनले नेपालमा कतारले लगानी गर्ने योजना बनाएको समेत सुनाए ।

‘कतारपछि नेपाल मेरो दोस्रो देश हो, यहाँका युवाले हाम्रो देशमा पसिना बगाएको गुन अब हामी तिर्न चाहान्छौ’ राजदुत युसूफले भने ‘अब नेपालको विकासमा सरकारसंग सहकार्य गर्न कतार तयार छ ।’

सोही क्रममा राजदुत युसूफले वडा नम्बर २ का महिलाहरुसंग समेत छलफल गरेका छन् । छलफलका क्रममा उनले महिलाहरुलाई आत्मनिर्भर बन्ने बाटोमा लाग्न समेत आग्रह गरे ।

हेर्नुस भिडियाे

the authoradmin

Leave a Reply