कृषिप्रदेश ४समाचारहाइलाइट-समाचार

गण्डकी प्रदेशकाे तयारी : किसानलाइ ब्याजमा ५० प्रतिशत अनुदान

Nepal Akhabar

गोरखा । किसानले वित्तिय क्षेत्रबाट लिने ऋणको ब्याजमा अनुदान दिने तयारी सरकारले गरेको गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमि ब्यवस्था मन्त्रि लेखबहादुर थापा मगरले बताएका छन् ।

कृषि ज्ञान केन्द्र गोरखाको भवन उद्घाटन गर्दै मन्त्रि थापाले कृषि क्षेत्रमा लगानी बढाउन र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेशले ऋणको ब्याजमामा ५० प्रतिशत अनुदान दिने तयारी गरेको बताएका हुन् ।

‘कृषि क्षेत्रमा लगानी बढाउनुस, ब्यवसायिक रुपले उत्पादन थाल्नुस, अब सरकारले ब्याजमा अनुदान दिन्छ’ उनले भने ‘यसले नितान्त किसानलाई राहत पु¥याउछ भन्ने हाम्रो विश्वास हो ।’

अनुदान लिनका लागि सरकारले गत शुक्रबार सूचना आह्वान गरेको र १ महिनाभित्र कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पतालमा निवेदन दिइसक्नुपर्ने समेत उनले जानकारी दिए । कृषि क्षेत्रमा कृयाशिल फर्म, कम्पनी, समुह, सहकारीले निवेदन दिन सक्ने समेत उनले बताए ।

यो बर्ष प्रदेशभरका करिब १५ सय किसानलाई सो अनुदान वितरणको तयारी रहेको समेत उनले जानकारी गराए ।

त्यस्तै मन्त्रि थापाले किसानलाई अनुदान एकद्धार प्रणाली मार्फत दिनुपर्ने तर्क गरेका छन् । अघिल्लो बर्ष संघ, प्रदेश र स्थानीय तहबाट वितरण भएको अनुदान दोहोरिएको बताउदै अब ‘डुब्लिकेशन’ गर्न नहुने बताए ।

‘अब अनुदान, सहयोगमा डुब्लिकेशन हुने वातावरण बनाउनु हुदैन’ उनले भने ‘अघिल्लो बर्ष कोही किसानले पाएनन, कोहीले डबल पनि पाए अब संघ, प्रदेश र स्थानीय तहबाट वितरण हुने सहयोग फरक फरक फर्मलाई हुनुप¥यो ।’

कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले अनुदानलाई संस्थागत गर्नुपर्ने बताए । राजनीतिक दलमा आस्था राखेकै भरमा अनुदान पाउने र नपाउने बिषय निर्धारण हुन नहुने बताउदै उनले तिनै तहका सरकारको सहकार्य र समन्वय अपरिहार्य रहेको तर्क गरे । कृषि क्षेत्रलाई आधुनिकिकरण गर्नुपर्ने आवस्यकता रहेकोसमेत पन्तले बताए ।

कृषि ज्ञान केन्द्रमा ४ करोडको भवन

कृषि ज्ञान केन्द्र गोरखाले नयाँ भवन पाएको छ । करिब ४ करोडको लगानीमा निर्माण भएको भवनको गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमि ब्यवस्था मन्त्रि लेखबहादुर थापाले उद्घाटन गरेका हुन् ।

तत्कालिन जिल्ला कृषि विकास कार्यालयको भवनमा २०७२ सालको भूकम्पले क्षती पु¥याएपछि पुर्ननिर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगत रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनको सहयोगमा रविना डाँफे ड्रागन जे.भी. ले भ्याट बाहेक ३ करोड ७७ लाख ६ हजार ११६ रुपैयाँमा भवन निमार्ण सम्पन्न गरेको हो । १८ कोठा रहेको भवनमा ३ तला रहेको बताइएको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका उपप्रमुख जनुका अधिकारी, जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका प्रमुख सुनिता श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठ, एसजी हिमालयन हर्वल तथा अर्गानिक फार्म बारपाकका सञ्चालक सिताबहादुर गुरुङ्ग लगायतले बोलेका थिए ।

साथै शनिबारबाटै केन्द्रले सिताके च्याउ खेती सम्बन्धी ४ दिने तालिम समेत सुरु गरेको छ ।

the authoradmin

Leave a Reply