राजनीतिसमाचारहाइलाइट-समाचार

संविधान संशोधनपछि प्रधानमन्त्रीको प्रतिक्रिया : अब भारतसँग वार्ता हुन्छ

Nepal Akhabar

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँग वार्ता अघि बढाउने बताएका छन् ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक शनिबार प्रतिनिधिसभाबाट पास भएपछि प्रधानमन्त्री ओलीले भारतसँग चाँडै वार्ता हुने बताएका हुन् ।
संविधान संशोधनपछि अबको कदम के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अब वार्ता हुन्छ, अगाडि बढ्छ ।’
उनले राष्ट्रिय अखण्डताको पक्षमा संसदमा देखिएको एकता निकै राम्रो भएको बताएका छन् ।

the authoradmin

1 Comment

  • DataList2023.com presents all the new leads for you per country!

    Visit us on DataList2023.com

Leave a Reply