बालिका करणीको अभियोगमा युवक पक्राउ

नेपाल अखबार, झापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा मंगलबार एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका २ मा ज्याला मजदुरीको काम गर्ने धनकुटा घर भएका २३ वर्षीय सन्तोष तामाङ रहेका छन् ।इलाका प्रहरी कार्यालय बुधबारेबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । हिरासतमा राखेर तामाङमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *