विश्वस्वास्थ्य

रुसमा कोरोना संक्रमणबाट ४८९ चिकित्सकको मृत्यु

Nepal Akhabar

नेपाल अखबार, एजेन्सि । रुसमा कोरोना भाइरस संक्रमणबाट ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको छ । रुसको स्वास्थ्य क्षेत्रलाई निगरानी गर्ने सरकारी संस्था रोजद्रावनादजोरले यो जानकारी दिएको हो ।
एक महिना अगाडिसम्म १ सय १ जना चिकित्सकको मृत्यु भएको थियो । यो संख्या ४८९ पुगेपछि चिकित्सकको मृत्यु दर तीव्र बढेको देखिन्छ ।
रोजद्रावनादजोरका प्रमुख अला सामोइलोवाले सुरक्षा सामग्रीको वितरणमा समस्या हुनु नै यसको मुख्य कारण भएको बताएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार रुसमा हाल ५ लाख ६० हजार बढी कोरोना संक्रमित छन् । संक्रमितको संख्याको आधारमा रुस विश्वका देशहरुको सूचीमा तेस्रो स्थानमा छ । रुसमा हालसम्म ७ हजार ६ सय ५० जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।

the authoradmin

Leave a Reply