समाचार

गुल्मीको रिडीमा एक युवकको बेवारिसे शव फेला

Nepal Akhabar

नेपाल अखबार,गुल्मी । गुल्मीको रिडी खोलामा एक युवकको बेवारिसे शव फेला गरेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को शाखर भन्ने स्थानमा रिडी खोला किनारमा अन्दाजी १५/१६ वर्षको एक युवकको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए ।
शुक्रवार साँझ फेला परेको शवलाई पहिचानको लागि इलाका प्रहरी कार्यालय रिडीमा राखिएको प्रहरीले जनाएको छ । शवको टाउकोमा चोट लागेको, वायाँ हातमा माछा मार्ने जालको डोरी बेरिएको र नग्न अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक पुनले बताए ।शवको प्रकृति हेर्दा कुमाल जातीको जस्तो मुहार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शव पहिचानको लागि मातहतका प्रहरी चौकीमा खबर गरिएको प्रहरी निरीक्षक पुनले बताए ।

the authoradmin

Leave a Reply