१७ करोड बढी रकम हिनामिना गरेको आरोपमा बैंक प्रबन्धक पक्राउ

नेपाल अखबार, बुटवल ।दाङ प्रहरीले एक बर्षअघि एक बैंकमा १७ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा बैंकका प्रबन्धकलाई पक्राउ गरेको छ । साविकको वैष्टन डेभलभमेन्ट बैंक (हाल देव विकास बैंक) मा तत्कालीन  प्रबन्धकको जिम्मेवारीमा रहेका ३० वर्षीय समिर बुढाथोकीलाई १७ करोड ९९ लाख ९० हजार हिनामिना गरेको अरोपमा प्रहरीले पक्राउ गरेको हो ।  बुढाथाकीलाई लमही बजारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।‘गत बर्षको बैशाख महिनामा निजले बैंक मर्ज हुनुअघि उक्त रकम आफ्नो खातामा ट्रान्सफर गरेको देखिन्छ’  दाङका प्रहरी प्रवक्ता डिएसपी  विनोदविक्रम शाहले भने । उनले भने, ‘हामीले यहि भदौं २ गते बैकिङ्ग कसुर मुद्धा दर्ता गरेर उनलाई पक्राउ गरेका हौं । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *