वीरगंजमा मुस्लिम समुदायले विधिवत रुपमा मुर्हरम र्पव मनाए

ईरफान अलि, र्पसा  ।  वीरगंजमा आज मुस्लिम समुदायले विधिवत रुपमा मुर्हरम र्पव मनाएका छन । पैगम्बर मोहम्मदका नातिलाई यजिदले हत्या गरेको शोकमा हरेक र्वष १० मोर्हरमका दिन मुस्लिम समुदायले सम्झनाका रुपमा यस र्पवलाई मनाउने गरेका छन ।
मोहम्मद साहबका नाति हजरत इमामे हुसैनको सम्झना स्वरुप मनाइने उक्त र्पवमा उनको प्रतिक स्वरुप तहाजियाको पुजा गरिने प्रचलन रहेको छ । ईस्लामिक नयाँ बर्ष हिजरी संबत् शुरु भए पछि मोर्हरम महिनाको १० तारेख मनाइने गरिन्छ घरमा फातेहा –पुजापाठ) गरी राखिएको तहाजियालाई मुर्हरमका दिन करबलामा लगेर सेलाईने चलन रहेका छ । मुस्लिम समुदायले भने मुर्हरमका दिन साहासिक प्रर्दशन गर्ने गछन् । १४ सय बर्ष पहिले ईमामे हुसैनले ईस्लाम धर्मलाई बचाउन आफू सहीत ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको संझना स्वरुप मुहर्रम मनाउदै आएको मुस्लीम धर्म गुरुहरु बताउछन् ।
अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक बर्ष मनाईन्छ । ईस्लामिक नयाँ बर्ष हिजरी संबत्को दश मोर्हरमका दिन यो पर्व मनाइने गरिन्छ । मोहर्रमको १० औ तारेखलाई आसुरा भनिने तथा त्यसै दिन मस्जिदमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *