समाचारस्वास्थ्य

थपिए ३२ नयाँ संक्रमित, कुल संक्रमित संख्या ८३८ पुग्यो

Nepal Akhabar

नेपाल अखबार, पोखरा । शनिबार बिहान गण्डकीमा ३२ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्याङ्जा, बागललुङ र नवलपुरमा गरि ३२ नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितमध्ये बागलुङको ढोरपाटन नगरपालिकामा १, काठेखोला गाउँपालिकाका ७ पुरुष गरि बागलुङमा ८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरि स्याङ्जामा पुष्टि भएका संक्रमितमध्ये पुतलीबजार नगरपालिकामा र बिरुवा गाउँपालिकामा एक एक जना पुरुष । अर्जुनचौपारी गाउँपालिकामा १२ महिनो शिशु सहित १३ पुरुष र ६ महिला, बालिङमा एक पुरुया गरि २२ नयाँ संक्रमित स्याङ्जामा थपिएका छन् ।
नवलपुरको हुप्सेकोट गाउँपालिकामा २ जना पुरुष संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या ८३८ पुगेको छ । नवलपुरको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला कठमाडौंमा, वालिङका संक्रमितको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्यको स्वाब प्रदेश क्षय रोग केन्द्र पोखरामा जाँचिएको थियो ।

the authoradmin

Leave a Reply