समाचारस्वास्थ्य

बाजुराको बुढीगंगामा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Akhabar

नेपाल अखबार,   काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना भाइरस (कोभीड-१९) संक्रमण पुष्टि भएको छ ।
काठमाडौंको टेकुस्थित प्रयोगशाला र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट आइतबार मात्रै ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
टेकुमा भएको परीक्षणमा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर दीपकविक्रम शाहले जानकारी दिए ।
टेकुको प्रयोगशालामा नगरपालिकाका वडा नम्बर १ देखि ६ सम्मका २४४ जनाको स्वाब असार ३ गते संकलन गरी पठाइएको थियो । तीमध्ये अझै सबैको रिपोर्ट आइनसकेको मेयर शाहले बताए ।
यस्तै, वडानम्बर ७ देखि १० सम्मका ३३८ जनाको स्वाब पनि गत ३ गते नै जुम्ला पठाएको आइतबार नै ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
कोरोना पुष्टि भएका सबै भारतबाट आएर विभिन्न क्वारेन्टिनमा बसेकाहरु हुन् । भारतबाट आएको एक महिना बितिसकेपछि मात्रै उनीहरुको परीक्षण भएको मेयर शाहले बताए । परीक्षण ढिलो भएकोले क्वारेन्टिनमै संक्रमण फैलिएको हुनसक्ने उनले बताए ।
नगरपालिकामा अझै ५०० को हाराहारीमा भारतबाट आएका व्यक्तिहरु क्वारेन्टिनमा रहेको मेयर शाहको भनाइ छ ।

the authoradmin

Leave a Reply