विश्व

जेडः म्यान्मारको एउटा रत्न खानीमा पहिरो, कम्तीमा ११३ जनाको पुरिएर मृत्युजेडः म्यान्मारको एउटा रत्न खानीमा पहिरो, कम्तीमा ११३ जनाको पुरिएर मृत्यु

Nepal Akhabar

नेपाल अखबार,एजेन्सि ।  उत्तरी म्यान्मारको एउटा रत्न खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

कचिन प्रान्तमा भएको उक्त घटनामा अझै धेरै मानिसहरू पुरिएको समाचारहरूमा उल्लेख छ।
ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरूलाई पुरेको आपत्कालीन उद्धार गर्ने निकायले बताएको छ।
म्यान्मार जेडको प्रमुख स्रोत हो। तर त्यहाँका खानीहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन्।

बहुमूल्य रत्न जेड खोज्दै गरेका मानिसहरूको फाइल तस्बिर
Image captionबहुमूल्य रत्न जेड खोज्दै गरेका मानिसहरूको फाइल तस्बिर

उक्त सरकारी निकायले ११३ वटा शव भेटिएको र उद्धारकार्य जारी भएको जनाएको छ।
खानीबाट फालिएको माटो र ढुङ्गामा जेडका टुक्राटाक्री खोज्न सयौँ मानिसहरू भेला हुन्छन्।
गत वर्ष खानीमा भएका दुर्घटनाहरूमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो।
म्यान्मारले प्रत्येक वर्ष ३० अर्ब डलरभन्दा बढी रकमको जेड कारोबार गर्छ। साेत  बिबिसि

जेड खानीको फोहोरमा बहमूल्य रत्न भेटिने आशा
the authoradmin

Leave a Reply