समाचार

धनुषामा दुई दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला

Nepal Akhabar

नेपाल अखबार, जनकपुर । धनुषामा दुई दिनदेखि बेपत्ता एक १० वर्षीया बालिका मृतावस्थामा फेला परेकी छिन् ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्थाकी १० वर्षीया बालिका कन्चनकुमारी शुक्रबार बिहान खेतमा मृतावस्थामा फेला परेकी हुन् ।
स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।
परिवारले बालिका बेपत्ता भएसँगै खोजबिन गर्दा कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

the authoradmin

Leave a Reply