समाचार

पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु, ४ बेपत्ता

Nepal Akhabar

नेपाल अखबार, बझाङ  ।  बझाङको केदार स्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।
शुक्रबार अविरल बर्षासँगै आएको पहिरोले च्यापिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता रहेको स्थानिय कलक बोहराले जानकारी दिए ।
पहिरोले पुरिएर केदार स्यँु गाउँपालिका ८ का ४२ बर्षिय राममती देवी जेठारा उनका ११ बर्षिय छोरा प्रयाग जेठारा र ७ बर्षिय छोरी अस्मीता जेठारा को शब फेलाको परेको उनको भनाइ छ ।
अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ ।
पहिरो घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालयका डियसपी गणेश बमले बताए । उनले स्थानियले ३ जनाको शव समेत फेला पारिसकेको र अन्य को खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।
खोला किनारमा रहेको बाटोमा बाढी आएका कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन । अन्य क्षतिको विवरण आउन बाँकी छ ।

the authoradmin

Leave a Reply