तारपोलिनको टेन्टमा जाहिरा खातून,अगुवाहरु मौन

सईद उल शेख,झापा
इस्लाम धर्म मान्नेहरुलाई मुसलमान भनिन्छ । इस्लामको अर्थ हुन्छ शान्ति जसलाई हामी इंग्लिस भाषामा Peace पनि भन्ने गर्छौ । एक दौर थियो मुसलमान समुदायको, त्यस दौरमा मुसलमान नाम आउन साथ सहयोगी अर्थात अर्काको दुखलाई आफ्नो दुःख समझी निःस्वार्थ सहयोग गर्ने चलन थियो । यो मेरो आका हजरत मुहम्मद ﷺ हदीश पनि हो र उक्त हदीशलाई मानिसहरु बढ़ी मात्रमा आफ्नो जीवनमा प्रयोग गर्ने चलन थियो तर अफसोस आज हामी हजरत मुहम्मद ﷺ को हदीशलाई प्रयोग गर्न छाडेको छौ ।

आउनुहोस अब हामी सीधा कुरा गरौ महोत्तरीको भंगहा नगरपालिका १ कविलासामा तारपोलिनको टेन्टमा केहि महीना देखी जाहिरा खातून  २ छोरी र २ छोरालाई लिएर टेन्टमा बस्न बाध्य भएकी छीन।

किन तारपोलिन टेन्टमा बस्न बाध्य भएकी छीन भनेर जान्नका लागि बढ़ी होइन एक क्लिक यहां गर्नुस

मुस्लिम अगुवाहरु प्रभावकारी भूमिका नखेलेका कारण अगुवाहरु प्रति मुस्लिम समुदाय रुष्ट रहँदै आएका छन् । घरबार बिहीन भएकी जाहिरा खातून प्रति मुस्लिम अगुवा ,मुस्लिम संघ संस्था, बिभिन्न पार्टीका मुस्लिम भातृसंगठनहरु तथा मुस्लिम समाज समेत पीड़ितलाई सहयोग गर्ने प्रति कुनै किसिमको चहलपहल देखाएको छैनन् ।

खैर आउनुहोस अब समाजलाई लिड गर्नेहरु तर्फ
वर्तमान अवस्थामा मुस्लिम समुदाय संग मुस्लिम आयोग ,नेपाल हज समिति, बिभिन्न पार्टीका मुस्लिम भातृसंगठनहरु र  मुस्लिम समुदाय बाट प्रतिनिधि गर्ने केहि माननीय सभासदहरु हुनुहुन्छ ।
लीडर्स,संघसंस्था र मुस्लिम आयोगको काम के हो ? समाजको अगुवाई गर्ने अनि  समुदाय भित्रका एक सिंगै परिवार समस्यामा परेको बेला आँखा चिमली बस्ने की अध्ययन गरी सहयोग गर्ने ?

नेपाल हज समितिका अध्यक्ष आदरणीय शमसेर मियालाई म भन्न चाहन्छु यदि समिति मार्फत कुनै किसिमको सहयोग प्रदान गर्न मिल्दैन भने कमसेकम पीड़ित जाहिरा खातूनलाई सहयोगका लागि समुदाय सामु अपील गर्न त सक्नु हुन्छ र जे जति हुन्छ हज समितिका पदाधिकारीहरु व्यक्तिगत तर्फ बाट आर्थिक सहयोग गरेर पीड़ित परिवारलाई हौसला प्रदान गर्न त सकिन्छ नि ? त्यसै गरी हाम्रा माननिय सभासदहरु र पनि पीड़ित जाहिरा खातूनलाई व्यक्तिगत सहयोग र समुदाय सामु उहाँको पीड़ा बारे एक शब्द बोलिदीदा केहि राहत महसूस हुन्थ्यो की …..?

मुस्लिम आयोग
मुस्लिम आयोग बारे मे यहां केहि जानकारी र आफ्नो विचार पनि राख्न चाहन्छु ।

संवैधानिक आयोग संबंधित समुदायका लागि कति महत्वपूर्ण हुन्छ यहां भनिराख्नु पर्दैन । दलित आयोग,मधेशी आयोग,मुस्लिम आयोग जस्तै बिभिन्न किसिमका आयोगहरु छन । मुस्लिम आयोगको काम नै हो समुदायको चौतर्फी  विकासका लागि काम गर्नु र समुदाय समस्यामा परेको बेला अध्ययन गरी समाधान निकाल्नु जस्तै की अहिले महोत्तरीको भंगहा नगरपालिका १ कविलासाकी ४५ बर्षिया जाहिरा खातुन ठुलो समस्यामा परेकी छीन ।

जाहिरा खातूनलाई मुस्लिम आयोगले एन अनुसार पनि सहयोग गर्न सक्छ । जस्तै की: मुस्लिम आयोग एन २०७४ परिच्छेद ३ को ७ (छ), (ठ) र (त) अनुसार सिधै पीड़ित जाहिरा खातूनलाई मुस्लिम आयोगले सहयोग गर्ने प्रावधान रहेको छ ।
(छ) मुस्लिम समुदायभित्र आर्थिक वा सामाजिक रूपमा पछाडि परेका व्यक्तिको विकास र सशक्तीकरणका लागि विशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(ठ) मुस्लिम समुदायको अधिकार उलङ्घन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध उजुरी सङ्कलन गरी सो उपर छानबिन तथा तहकिकात गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने,
(त) मुस्लिम समुदायको पिछडिएको अवस्था र हालको शैक्षिक, राजनैतिक, सामाजिक तथा आर्थिक दुरावस्थाको अध्ययन अनुसन्धान गरी समुदायको विकासका लागि नेपाल सरकारलाई सुझाव दिने,

यही १६ अगस्तका दिन मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारी ज्युलाई जाहिरा खातून बारे जानकारी गराउने क्रममा उहाँले भन्नुभएको थी परसि अर्थात १८ अगस्तका दिन जाहिरा खातूनलाई भेट्न जान्छू भनेर सामाजिक संजाल मार्फत मेसेज गर्नुभएको थियो तर आज अक्टूबर ९ तारीख भएको छ,जाहिरा खातूनको अनुसार मुस्लिम आयोग भेट गर्न आएको छैन ।

मुस्लिम आयोग संग विनम्र अनुरोध गर्दछु की मानवताको नाताले भएता पनि जाहिरा खातूनलाई सहयोग र न्याय दिलाउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *