समाचारस्वास्थ्य

नेपालमा कोरोना संक्रमणको दर बढ्यो, आजै मात्रै ६३८ जनामा संक्रमण पुष्टि

Nepal Akhabar

नेपाल अखबार, पोखरा । नेपालमा थप ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङका क्रममा आज थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।
यस्तै आज कोरोनामुक्त भएर १ सय ७१ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म कोरोनामुक्त भएर डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ६ सय ६४ पुगेको प्रा.डा.गौतमले जानकारी दिएका छन् ।

the authoradmin

Leave a Reply