प्रदेश ४समाचारस्वास्थ्य

तनहुँको भानु नगरपालिकाको एउटै वडाका २० जनामा संक्रमण पुष्टि

Nepal Akhabar

नेपाल अखबार, तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं. १ का २० जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमूना परीक्षणमा नगरपालिकाको वडा नं. १ का ६ जना महिला र १४ जना पुरुष संक्रमित बनेका हुन् ।
संक्रमित हुने ५ वर्षदेखि ५६ वर्ष उमेर समूहका छन् । नगरपालिकाका अनुसार स्वाब संकलन गरिएका १२२ जनामध्ये ८९ को परीक्षण गर्दा २० जनामा संक्रमण देखिएको हो । बाँकीको परीक्षण हुन बाँकी छ ।
नगरपालिकाभित्र पूरै आवतजावतमा रोक लगाउने तयारी भइरहेको छ । यसअघि नगर क्षेत्रमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि भानु नगरपालिका गएको सोमवारदेखि एक हप्ताका लागि बन्द गरिएको थियो ।

the authoradmin

Leave a Reply